Saturday, September 26, 2026
Home समाज अक्सिडेन्टल स्कुलमा चल्यो महानगरको डोजर

अक्सिडेन्टल स्कुलमा चल्यो महानगरको डोजर

77

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिइरहेको छ।

त्यसैक्रममा शुक्रबार महानगरले काठमाडौँको अनामनगर क्षेत्रका अवैध संरचना हटाइरहेको छ। महानगरले आज अनामनगरस्थित अक्सिडेन्टल स्कुलले बनाएको अवैध संरचना भत्काएको हो।

उक्त स्कुलले अवैध रुपमा निर्माण गरेको पर्खाललगायतका संरचना भत्काएको छ।