सर्लाही ४ बाट गगन थापाको नाम सिफारिस

89

जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाको नाम सर्लाही क्षेत्र नं. ४ बाट सिफारिस भएको छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसको क्षेत्रीय बैठकबाट उनको एकल नाम सिफारिस भएको प्रदेश कमिटीका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए।

यस्तै, मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत रहेका प्रदेश उपसभापति सिंहको नाम क्षेत्र नं. ४ (क)बाट सिफारिस भएको छ।

प्रतिनिधिसभाका लागि उम्मेदवारको रूपमा सिफारिस भएका थापा २०७४ को निर्वाचनमा काठमाडौँ ४ बाट निर्वाचित भएका थिए।

सर्लाही ४ बाट भने कांग्रेसकै अमरेश सिंह निर्वाचित भएका थिए। यद्यपि उनको नाम सिफारिस भएको छैन।