प्रदेशसभाको बैठक आज अन्त्य हुँदै

47

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशसभाको दशौँ अधिवेशन आजबाट अन्त्य हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको १० औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार-प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको थियो। प्रदेशसभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई शुक्रबार सभाबाट पारित गर्ने र प्रदेशसभाको बैठक अन्त्य गर्ने तयारी गरिएको बताइएको छ।