यो सरकारले योग्यतापूर्वक पाँच वर्ष सम्म काम गर्दछः रक्षामन्त्री पोखरेल

164

असार ९,
भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताएका छन् । सूर्यविनायक नगरपालिकाको पाचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले भने “यो सरकार विधिसंम्वत ढंगले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जनागर्न फैलाईएको हो । ”

नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत रक्षामन्त्री पोखरेलको भनाई छ ।
पाँच वर्ष सम्म टिक्ने सरकार भएकाले कुनै शंकागर्नु पर्ने ठाउँ छैन, मन्त्री पोखरेलले भने ।

रक्षामन्त्री पोखरेलले विकाश गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभएर सबै एक जुट भएर अगाडी बढ्नु पर्ने र हिजो निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लानु पर्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने “दलिय द्धन्द्धको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकाशको विरोध गर्दछन् । ”सुखी नेपाली संम्वृद्ध नेपालको राष्ट्रिय आकाक्षा पुरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकाशमा केन्द्रित भएर काम गरिरहेको समेत प्रष्ट पारेका छन् ।

हिजो उद्योग धन्दा बेच्नेहरुले नै आज सडक र सदनमा ठुला कुरा गर्न थालेको आरोप समेत रक्षामन्त्री पोखरेलले लगाएका छन् । कार्यक्रममा संघीय सांसद महेश बस्नेतले आगामी केही वर्षमा भक्तपुर विकाशले भरिपूर्ण जिल्लाको रुपमाहुने बताएका छन् । बस्नेतले भने “सडक, विद्यालय, पुलनिर्माण मात्रनभएर हामीले पयर्टन पूर्वाधार विकाशमा समेत कामगरिरहेका छौं । ”

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, मध्यपुरथिमीकी उपप्रमुख अन्जना देखि मधिकर्मी, नेकपाका जिल्लाअध्यक्ष बचन देउजा, नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलल लगायतले भक्तपुर नीति तथाकार्यक्रमले जनताको आश्यकतालाई सम्बोधनगर्नु पर्नेमा जोड् दिए ।

गरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासेदेव थापाले कृषि, पर्यटन, धर्म संस्कृति, शिक्षा, युवातथा खेलकुद लगायतका कुरामा विषेश महत्व दिएको बताए ।