भक्तपुर जिल्ला खेलकुद विकाश समितिको खेलाडीहरु दर्ता हुनेबारे महवत्पूर्ण सूचना

596

               सूचना !           सूचना       !!                सूचना !!! 

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हुने प्रदेश खेलकुद प्रतियोगितामा सहभागिताका लागि यस भक्तपुर जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता सञ्चालन गर्न जिल्ला भित्र रहेका खेलाडीहरु लाई खेलाडी दर्ता फारम भर्न २०७९ साल भदौं २ गतेसम्म आउन तपशिल वमोजिमका खेलका खेलाडी हरु संघ, खेल प्रशिक्षक, स्वयंसेवक प्रशिक्षकहरु, अभिभावकहरु तथा संम्बन्धित सवै लाई यो सुचना प्रकाशित गरीएको छ । प्रदेश खेलकुद प्रतियोगिताका लागि छनौट हुने खेलहरुः

तपशिल-

टेवल टेनिस, उसु, फुलकन्ट्याक्ट कराते, आई.टि.एफ. तेक्वान्दो, वास्केटवल, वुद्धिचाल, रग्वी, भारोत्तोलन, खो खो, लनटेनिस, कवड्डी, हृयाण्डवल र शारिरीक शुगठन ।

पेश गर्नु पर्ने आवश्यक कागजातहरु
१. खेलाडी दर्ता फारम भक्तपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा दर्ता हुनु पर्ने

२. नागरीकता प्रमाण पत्र को प्रतिलिपी र जन्म दर्ता को प्रतिलिपी ।

३. पासपोर्ट साईजको रंगिन फोटो (३ तीन) प्रति ।

४. खेलाडीहरु भक्तपुर जिल्लाका स्थायी वसोवास भएको हुनु पर्ने वा अस्थायी बसोवास गरेको भए वडा कार्यालय को सिफारीस साथै पुष्ट्याई हुने कागजात हरु पेश गर्नु पर्ने ।

५. खेलडी दर्ता फारम नभरेका खेलाडीहरु लाई छनौट प्रतियोगितामा सहभागिता गराईने छैन ।

अन्य विस्तृत जानकारीको लागि जिल्ला खेलकुद विकास समिति भक्तपुर को सम्पर्क नंः ०१-६६२०३०६ Email: bktdistrictsportscommittee@gmail.com

*प्रायोजित