कमलपोखरी क्षेत्रका सय घर डुबानमा

164

पोखरा । आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । घरहरु डुबानमा परे पनि मानवीय क्षति भने नभएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको उनले बताए । सो क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।