Saturday, September 19, 2026
Home अपराध भक्तपुरमा होटलमा लगेर युवकले युवतीलाई जबर्जस्ती गरेपछि….

भक्तपुरमा होटलमा लगेर युवकले युवतीलाई जबर्जस्ती गरेपछि….

132

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरल! युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । परिसरका सुचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार बलात्कार आरोपमा सूर्यविनायक नगरपालिका–२ बालकोटका २५ वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार खत्रीलाई सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।पीडित युवतीले बलात्कार गरेको उजुरी दिएपछि जागतीस्थित प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । खत्रीलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।