गजुरीबाट ठुलो परिमाणमा चरेस सहित एक जना पक्राउ

112

बैशाख २३,
काठमाडौँ । धादिङको गजुरीबाट ४७ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो र कोटेश्वर काठमाडौँबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा लागुऔषध बरामद गरेको हो । सोमबार विहान १ बजे गजुरी गा.पा वडा नं १ सोतिखोला स्थित कच्ची सडक खण्डमा भारतीय नम्बर DL 3 CAD 7081 को ESTEEN VXI लेखिएको कारका चालक जयपृथ्वी न.पा ८ कैलाली स्थायी घर भई धनगढी उ.म.न.पा वडा नं ४ बस्ने प्रहरीले लागु औषधसहित काल्चे बोहोरालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलले बताए ।

बोहोराको शरीरको चेकजाँच र खानतलासी गर्दा गाडीको पछाडिको सिट मुनि फल्स बटम बनाई ४ वटा रातो रंगको प्लाष्टिक पोका बनाई लुकाई राखेको लागुऔषध अफिम ९७८ ग्राम र खैरो रंगको प्लाष्टिक टेपले बेरी र्यापिङ गरी पोका पारिएको ४७ किलो चरेश बरामत गरेका थिए । चाललको साथमा रहेको सिमकार्ड मोबाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।