Tuesday, October 6, 2026
Home समाचार करेन्ट लागेर एक युवतीको मृत्यु

करेन्ट लागेर एक युवतीको मृत्यु

71

धनगढी । करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ।कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

मोटर लगाएर पानी तानेर नुहाउने क्रममा उनलाई आइतबार करेन्ट लागेको थियो। उनलाई निसर्ग अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।