Sunday, September 20, 2026
Home खेलकुद यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

125

आइसिसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। मलेसियामा जारी प्रतिस्पर्धामा नेपाल मंगलबार थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो।मलेसियाको युकेएम ओभलमा भएको यो हारसँगै नेपाली किशोरी टीमको विश्वकप खेल्ने सपनाको औपचारिक अन्त्य भएको छ। अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ। छनोटको शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछ।थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटिएपछि नेपालले दोस्रो फराकिलो हार भोगेको छ। नेपालका लागि सृष्टी जैशीको नटआउट ७ रन सर्वाधिक रनका रुपमा रह्यो। साना प्रविनले ६, अनु कडायतले ५ रन जोडिन्। कृतिका मरासिनीले ३ रन बनाउँदा अन्जली विश्वकर्माले ३ रन र मनिषा कुमारी उपाध्याय पनि ३ रनमा आउट भइन्। रन्जु श्रेष्ठले १ रन बनाउँदा स्नेहाले १ रन जोडिन्।