Tuesday, September 29, 2026
Home समाचार एम्बुलेन्स पल्टिँदा घरमा सुतिरहेकी मनमायाको मृत्यु

एम्बुलेन्स पल्टिँदा घरमा सुतिरहेकी मनमायाको मृत्यु

115

जेठ १२,

काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ मा गएराति एम्बुलेन्स अनियन्त्रित भएर सडक छेउमा रहेको घरमाथि पल्टिँदा एक जना मृत्यु भएको छ।मृत्यु हुनेमा सुतिरहेकी अन्दाजी ७९ वर्षीया मनमाया खड्का रहेकी छिन्। उनी एम्बुलेन्स पल्टिँदा निदाएकै स्थानमा च्यापिएकी थिइन्। दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३२७ नम्बरको एम्बुलेन्स पल्टिएको थियो। चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ।