भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ४ चाङ्गुमा घरदैलो कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा प्रत्यासी नगरप्रमुख उम्मेद्वार विना बास्तोला, उपप्रमुख रमेश बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष रोज बहादुर तामाङ,आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष उम्मेद्वार केसी, खुल्ला सदस्य विजयकुमार तामाङ , प्रदीप खनाल , महिला सदस्य सन्जिता ढुङ्गाना, दलित महिला सदस्य राममाया मिजारले उम्मेद्वारी दर्ता गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालसहित स्थानीयको सहभागिता रहेको छ ।
अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा सो वडाध्यक्षमा नेकपा एमालेका बुद्धिलाल महर्जन विजयी भएका थिए । वडाध्यक्षका उम्मेद्वार तामाङ सो निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।