कसपालले ल्याए एमालेको चुनावी गीत

141

भक्तपुर । गायक कपिल कसपालको चुनावी गीत लोकार्पण भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच कपिल कसपाल को “सुर्य भन्दा कोहि छैन माथि” लोकार्पण भएको हो । सो गीतलाइ नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा सभासद महेश बस्नेत लोकार्पण गरेका हुन् । गीतमा गायिका बानिका प्रधानको समेत स्वर रहेको छ । सङीत चर्चित संगीतकार सुरेश अधिकारीले दिएका हुन् ।

सो कार्यक्रममा एमालेका नेता सोम मिश्र ,निर्मल कुमार भट्टराई,शशी जङ थापा ,रजन केसि, वचन देउजा, निरन्जन बजगाइको लगायतको उपस्थित रहेको थियो ।