सिन्धुली । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा न. ५, मा बलेरो जीप दुर्घटना भएको छ । सवारी दुर्घटनमा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । प्रदेश १–०२६ च ०५६ न. को बलेरो जीप आज साँझ दुर्घटना भएको हो । सो दुर्घटनामा तीन जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनामा परि मृत्यु हुनेमा रुपा मगर र रामजी भण्डारीको पहिचान खुलेको छ । अर्का एक पुरुषको परिचय खुल्न बाकीँ छ । घटनामा परि ७ जना घाइते भएका छन् । सिन्धुली बजारबाट चकमके जादैं गरेको सो जीप दुर्घटनामा परेको हो । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।














