दुई धारमा विभाजित काँग्रेसले कुन बाटो रोज्ला ?

209

चैत ११,
स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिसकेका छन् । सबैजसो स्थानीय तहमा निर्वाचन केन्द्रित गतिविधि बढ्न थालेको छ । दलहरू संगठन विस्तार, घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।उम्मेदवारका आकाङ्क्षीहरू पनि दौडधूप तीव्र तुल्याउँदै छन् । यद्यपि चुनावमा तालमेलको विषयले भने अझै गति लिन सकेको छैन । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने हो या एक्लाएक्लै प्रतिस्पर्धा गर्छन् भन्ने प्रस्ट भइसकेको छैन । सत्तारुढ गठबन्धनका अन्य घटकहरू नेपाली काँग्रेसको औपचारिक निर्णयको प्रतीक्षामा छन् । काँग्रेसमा भने अझै चुनावी तालमेलका बारेमा औपचारिक छलफल र निर्णय भइसकेको छैन । यद्यपि नेताहरू कोही गठबन्धनको पक्षमा र कोही विपक्षमा देखिएका छन् ।शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेलबारे छलफल हुने बताइएको छ । पार्टीभित्र चुनावी तालमेलका बारेमा चलिरहेको बहसमा एक पक्षले आवश्यकताका आधारमा चुनावी तालमेल गर्नुपर्ने तर्क गर्दै आएको छ भने अर्को पक्षले काँग्रेस आफ्नै बलबुतामा निर्वाचनमा जानुपर्ने तर्क गर्दै आएको छ ।