देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समय हुने बताए

115
:ofªhf,!) r}tM gu/ sfo{kflnsf k|zf;sLo ejg pb3f6g k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ :ofªhfsf] rfkfsf]6 gu/kflnsfdf gjlgld{t gu/ sfo{kflnsfsf] k|zf;sLo ejg pb3f6g ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

चैत १०,

स्याङ्जा : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समय हुने बताएका छन्। चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित नगरपालिकाको प्रशासकीय भवनको बिहीवार उद्घाटन गर्दै देउवाले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गरेर अघि बढिसकेकाले तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न दाबी गरे।

उनले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा जोड समेत दिए। स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ।‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो।’