चाँगुनारायण बासीलाई खुसीको खबरः मोबाइलबाट नगरपालिकाको सेवा लिन सकिने

296

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिकाले पहिलो पटक नागरिकको सेवा प्रवाहकोलागि डिजिटल सेवा प्रवाहको प्रणालीको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नरगरप्रमुख सोमप्रसाद मिश्रले उक्त कार्यको शुभारम्भ गरेका हुन् । नगर प्रमुख मिश्रले अब छिट्टै नगरबासीले सामान्य सफारिस र सेवाको लागि नगरपालिका वा वडा कार्यालयमा लाइन बसेर सेवा लिनु पर्ने बाध्यताको अन्त्य हुने दाबी गरे । एकद्धार डिजिटल सेवा प्रर्वद्धन एव ंस्थानीय सरकारका सेवा सुदृढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने नगरपालिका प्रमुख मिश्रको भनाई रहेको छ । उक्त शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, नायीका सुरक्षा पन्तलगायतको उपस्थिती रहेको थियो ।

नगरपालिकाले विगतमा संलकन गरेको विभिन्न किसिमको सर्वेक्षण एवं श्रोतबाट नागरिक तथ्यांक संकलन गरि डिजिटल प्रोफाइल निर्माण गरिसकेको थियो । संकलित तथ्यांकको आधारमा सेवा पाउन नागरिकले चाँगुनारायण एप आफ्नो मोबाइलमा डाउनलोड गर्नु पर्दछ । त्यसपछि आफ्नो व्यक्तिगत खाता खोलेर नगरपालिका र वडा कार्यालयबाट प्राप्त हुने सेवाहरु सजिलै लिन सकिने नगरपालिका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए ।

‘चाँगुनारायण नगरबासीले ४० भन्दा बढी प्रकारको सिफारिस प्रमाणपत्र एवं अन्य सेवाहरु घरमै बसी मोबाइल एप्लीकेशन मार्फत प्राप्त गर्न सक्नेछन्,’ न्यौपानेले भने । सेवा प्राप्त गर्दा लाग्ने शूल्क समेत अनलाइन मार्फत नगरपालिकाकै एप्लीकेशनबाट प्राप्त गर्न सक्नेछ । सो कार्यकालागि नगरपालिका र स्मार्टपालिका प्रा.लिबिच बिगत १ वर्ष अघि सम्झौता भएको थियो ।  नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा मात्र सूचना प्रविधि अन्र्तगत १ करोड ६२ लाख बजेट विनियोजन गरेको थियो । यस आर्थिक वर्षमा समेत नगरपालिकाले सोही शिर्षकमा १ करोड ६५ लाख बजेट छुटाएको नगरप्रमुख मिश्रले बताए ।