Tuesday, September 22, 2026
Home समाचार बानेश्वर सडकमा एमसिसी लेखिएको शंकास्पद कुकर

बानेश्वर सडकमा एमसिसी लेखिएको शंकास्पद कुकर

220

फागुन १६,

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भेटिएको नो एमसिसी लेखिएको शंकास्पद कुकरलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। संसद भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएपछि बमको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो। बमको आशंका गरिए पनि कुकरभित्र केही विस्फोटक पदार्थ नभएको पाइएको छ। कुकर खाली रहेको बताइएको छ। संसदबाट आइतबार एमसिसी पास गरिएको विरोधमा विप्लवको नेकपासहित विभिन्न राजनीतिक दलहरूले आज नेपाल बन्दको आयोजना गरेका छन्। बन्दलाई सफल बनाउन तथा सर्वसाधारणलाई त्रसित र आतंकित बनाउने नियतले यस्तो कार्य गरेको प्रहरीको अनुमान छ। कुकर भेटिएसँगै त्यस क्षेत्रमा प्रहरीले उच्च सुरक्षा दिनुका साथै आवतजावत गर्न रोक लगाएको थियो।