Monday, September 21, 2026
Home राजनीति एमसिसीको विपक्षमा मतदान गर्छौं : देव गुरुङ

एमसिसीको विपक्षमा मतदान गर्छौं : देव गुरुङ

104

फागुन १२,

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसिसी)को विपक्षमा मतदान गर्ने बताएका छन्। बिहीवार सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूको बैठकपछि प्रमुख सचेतक गुरुङले एमसिसीको विपक्षमा मतदान गर्ने बताएका हुन्। साथै‚ सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउन आग्रह गर्ने पनि बताए। ‘एमसिसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदैछ‚’ उनले थपे‚ ‘तर अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन। डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ।’ प्रमुख सचेतक गुरुङले राष्ट्रिय विषयमा सबै सांसदले बोल्न पाउनुपर्ने बताए।