निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

142

माघ २०,

काठमाडौं : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाएको छ। निगमले आज साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो। निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ४२ रूपैयाँ तोकिएको छ। यसैगरी डिजेल र मट्टितेलको प्रति लिटर मूल्य १ सय २५ रूपैयाँ पुगेको छ। निगमले आन्तरिक हवाई इन्धनमा प्रति लिटर १ सय १६ रूपैया मूल्य तोकेको छ। निगमले हवाई इन्धनमा १० रूपैयाँ मूल्य बढाएको हो