बिरामीको चाप घटेसँगै अक्सिजन सिलिन्डरको माग पनि घट्यो

91

जेठ १२,
काठमाडौं । पछिल्लो समय दोस्रो चरणको कोभिड संक्रमण र मृत्युदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। यससँगै,अक्सिजन सिलिन्डरको माग पनि घटेको छ। पहिला बिरामीको चाप बढेकाले अक्सिजन उद्योगमै बिरामी आफन्त लुछाचुँडी गर्थे। तर, यी समस्या हटेको सरकारको दाबी छ। नेपाल अक्सिजन उत्पादक संघका सदस्य प्रभात तिम्सिनाका अनुसार अहिले व्यक्तिगत रुपमा हुने ८० प्रतिशत अक्सिजन सिलिन्डर माग घटेको छ। ‘पहिला बिरामी आफन्त हाम्रै उद्योगमा आएर लाइनमा बसेर अक्सिजन लाने गर्थे,’ उनले भने, ‘तानातान हुन्थ्यो,अहिले लिन आउँदैनन्, व्यक्तिगत रुपमा आउने ८० प्रतिशत माग घट्यो, २० प्रतिशतचाहिँ अस्पतालमा आपूर्ति भइरहेको छ।’

उनले अहिले अक्सिजन सिलिन्डरको माग सामान्य रहेको बताए। उनका अनुसार अहिले संघबाट दैनिक ८ हजार उत्पादन हुन्छ, यसैले राम्रोसँग माग धानिरहेको छ। भने, ‘सरकारले लिक्विड अक्सिजनको व्यवस्था गरेपछि अहिले सहज बन्दै गएको छ, अहिलेसम्म चाहिँ अक्सिजन नपाएर अकालमा बिरामी ज्यान जाने समस्या हटेको छ।’ उनका अनुसार करिब एक साता अघिसम्म दैनिक १८ देखि २२ हजार अक्सिजन सिलिन्डर माग थियो। जसमा दैनिक ८ देखि ९ हजार सिलिन्डर मात्र उत्पादन हुने गरेको थियो। सरकारले कमसल अक्सिजन सिलिन्डर ल्याएको बताउँदै यी सिलिन्डर भने पड्किने जोखिम रहेको यसमा सरकारले ध्यान दिनुपर्ने तिम्सिनाको माग छ। उनको आफ्नौ सीता अक्सिजन उद्योग छ। यसबाट दैनिक माग १२ सय रहेकोमा अहिले सात सय उत्पादन भइरहेको उनले बताए। -यो समाचार थाहा खबरबाट