Friday, October 9, 2026
Home समाचार भक्तपुरका ‘बिरामी’ले ‘उपचार’ गर्न अन्यत्र जानु नपर्ने

भक्तपुरका ‘बिरामी’ले ‘उपचार’ गर्न अन्यत्र जानु नपर्ने

465

चैत १३,
भक्तपुर । भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा.लि.ले अब भक्तपुरका बिरामी उपचार गर्न अन्यत्र जानु नपर्ने दाबी गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा हस्पिटल संचालनमा आएको हो । अस्पताल संचालन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले भक्तपुरको स्वास्थ्य क्षेत्रको आवश्यकता पूरा गर्नकालागि जिल्लामा अन्तर्राष्ट्रियस्तरको अस्पताल सुरू भएको जानकारी दिएका छन् ।

हस्पिटलमा हाड, जोर्नी तथा नशा रोग उपचार सेवा, स्त्रीरोग उपचासेवा, बालरोग, दन्तरोग, चर्म तथा यौन रोग, मस्तिष्क तथा स्नायु रोग, नाक, घाँटी रोग, मुटु रोग, आँखा रोग, मानसिक रोग उपचार सेवाहरूसँगै जनरल फिजिसियन सेवा उपलब्ध हुनेछ, अध्यक्ष श्रेष्ठले भने । सर्जरी सेवा, डिजिटल ल्याब सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, इसिजी तथा इको सेवा र फिजियोथेरापी सेवा रहेको अस्पतालले जानकारी दिएको छ । श्रेष्ठले अस्पतालले गर्न लागेको शिविरबारे जानकारी दिँदै अनाथ, असहाय, ज्येष्ठ नागरिक, पत्रकारलगायतलाई विशेष सहुलियत दिइने बताए । उनले भने स्वास्थ्य सेवा सहज बनाउन बालबालिका सम्बन्धि, महिला सम्बन्धि सेवासहित ९ वटा प्याकेजको बन्दोबस्त छौं ।

हाड तथा नशा रोग विशेषज्ञ डा. रामकृष्ण श्रेष्ठले भक्तपुरमा स्वास्थ्य विषयलाई अझ व्यापक बनाउन, अत्याधुनिक सेवा दिनका लागि र काठमाडौंसम्म गई उपचार खोज्नुपर्ने बाध्यतन हटाउन हस्पिटल संचालनमा ल्याईएको जानकारी दिएका छन् । ६७ जना चिकित्सकहरूको टोलीका साथ १५ शैय्याको स्वीकृति लिएर ५० शैय्यासम्म पुर्‍याउन लक्ष्यसाथ अघि बढेको अस्पताल संचालक अशोककुमार श्रेष्ठले जानकारी दिएका छन् । फागुन २३ गतेबाट संचालनमा आएको हस्पिटलको औपचारीक सुरुवात भने चैत १६ गतेबाट हुनेछ ।