माघ २०,
काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।
हेर्नुहोस् तीन दिनको मौसम/ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २० गते (मंगलबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
राती: प्रदेश नं ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
माघ २१ गते (बुधबार)
दिउँसो : देशको सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडि भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
माघ २२ गते (बिहिबार)
दिउँसो : देशको सुदुर पश्चिम र कर्णालि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदुर पश्चिम र कर्णालि प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना पनि रहेको छ।
राती: देशको सुदुर पश्चिम,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ र सुदुर पश्चिम प्रदेश ,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना पनि रहेको छ।