ओलीलाई हटाएर तटस्थ प्रधानमन्त्रीको खोजी हुँदै : श्याम शरण

289

पुस १५
काठमााडौं : पूर्व विदेश सचिव तथा नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका छन्।

भारतीय पत्रिका द ट्रिब्युनमा एक लेख प्रकाशित गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने तयारी भइरहेको जनाएका हुन्। ‘ओलीलाई अहिले संसद विघटनको निर्णय फिर्ता लिन दबाब परिरहेको छ। उनलाई राजीनामाको लागि मनाउन विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ,’ द ट्रिब्युनमा उनले लेखेका छन् ।

त्यस्तै उनले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको समेत उल्लेख गरेका छन्। नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेको पनि लेखमा उल्लेख गरेका छन्। नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनको भनाइ छ।