Wednesday, September 23, 2026
Home समाज प्रभु लाइफ इन्स्योरेन्स सामाजिक कार्यमा सक्रिय

प्रभु लाइफ इन्स्योरेन्स सामाजिक कार्यमा सक्रिय

393

मंसिर २९,
काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वर्षको वार्षिकोत्सबको अवसरमा सामाजिक कार्यमा सक्रिय भएको छ । सो अवसरमा प्रभु लाइफ इन्स्योरेन्स लि.बाग्मती प्रदेशको आयोजनामा शाखा कार्यालय कोभिड कीट वितरण गरेको छ । गोंगबुले शाखाले काठमाडौं महानगरपालिका अन्तर्गत बालाजु चोकदेखि महाराजगन्ज चोकसम्म डिउटिमा खटिएका ट्राफिक प्रहरी, फुट्पाथका व्यापार व्यवसाय गर्ने सर्वसाधरण, मजदुर र ज्यालादारी गर्नेहरुलार्इ कोभिड कीट बितरण गरेको शाखाले जानकारी दिएका छ । शाखाका शाखा प्रमुख खेमराज खनालले विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेकोले अग्र पङ्तिमा खटिएर काम गर्ने ट्राफिक प्रहरी, सडकको छेउछाउमा न्यून आयमुलक ब्यापार गरि गुजारा गर्नेहरुलार्इ कोभिड १९ को जोखिम बढी हुने भएकोले त्यस्ता ब्यक्तिहरुलाइ सङ्क्रमणको जोखिम कम गर्न कम्पनिले कोभिड कीट वितरण गरेको बताए ।

कार्यक्रममा गोंगबु शाखाका शाखा प्रमुख खनाल , सिनियर एजेन्सी मेनेजर एमडीआरटी: दीपक बास्तोला, नवीन शेरचन, सिनियर एजेन्सी मेनेजर जीवन भट्चन, शिव भट्टचन ,भगवती थापा, ईश्वर तिवारी, सुदन तिवरी, मोहन जी सी, दामोदर देवकोटा, अभिकर्ता लीलबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।