असोज १९,
काठमाडौं । १९ औं सत्याग्रह सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । जुम्लाको चन्दननाथस्थित बाबिरा मन्दिरमा ६ सूत्रीय माग राखेर डा।केसी अनशन बसेका थिए ।अनशनको २२ दिन बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन् । डा.केसीलाई राज्यले लामो समयदेखि घुमाउने काम गरेको डा।केदारभक्त माथेमा बताउँछन् । अनशन बसेको २२ औं दिन पुग्दा समेत डा.केसीको रक्षा र उनको मागलाई सरकारले बेवास्ता गरेको प्रष्ट देखिन्छ ।
उनको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा समेत सम्बन्धित निकायहरू मौन छन् । डा।केसीले उठाएका माग शिक्षा मन्त्रालयसँग मात्रै सम्बन्धित नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । आफुहरुले नेपाल सरकारको निर्देशनअनुसार काम गर्ने भएकाले शिक्षा मन्त्रालयले यस विषयमा बोल्न नमिल्ने उनको प्रतिक्रिया छ ।