राजधानी प्रस्तावसँगै जग्गा किनबेच र कित्ताकाटमा रोक

265

असोज १६,
बुटवल । राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभामा पेस गरेसँगै  प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा प्रदेश-५ सरकारले जग्गा किनबेचमा रोक लगाएको छ ।
 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिका १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले बताए ।