खतिवडा र पोखरेल ‘आउट’ गौतमको ‘इन्ट्री’ !

185

भदौ १९,
काठमाडौं । गत निर्वाचनमा हार भोगेका नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाले संघीय सांसद बनाएको छ । गोरखाबाट निर्वाचन हारेका नारायणकाजी श्रेष्ठ र बर्दियाबाट हारेका वामदेवगौत सांसद हुने भएका छन् । प्रनिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट पराजित नेता वामदेव गौतम संघीय संसदको सांसद हुने चाहना पूरा भएको छ ।

पार्टीका उपाध्यक्षसमेत रहेका गौतमलाई राष्ट्रियसभामा लैजान सत्तारुढ दलमा सहमति भएसँगै संसद छिर्ने उनको इच्छा पनि पुरा हुने भएको हो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने रिक्त एक सिटमा लैजाने निर्णय सरकार र नेकपाले गरिसकेको छ । पार्टी विवाद समाधान कार्यदल प्रतिवेदन कार्यान्यन र गौतमको संसद यात्रा तय भएसँगै सत्तारुढ

नेकपाको आन्तरिक सत्ता समीकरण नयाँ ढंगले मोडिने परिदृश्यहरु देखिन थालेका छन् ।
यस्तो अवस्थामा हुने मन्त्रिपरिषद फेरबदलका क्रममा यसअघि प्रधानमन्त्री केपी शर्माओलीकै नजिक र विश्वासपात्र बनेर काम गरेका केही मन्त्रीलाई झड्का लाग्ने निश्चित छ । यो झड्काले अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडादेखि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतलाई प्रभाव पार्ने संकेत देखिएको छ ।

वर्तमान मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीलाई ‘ओभरलोड’ नहुनेगरी जिम्मेवारी लिन सक्ने मन्त्रीको कमी बालुवाटारले महसुस गरिरहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई त्यो भूमिकामा उतार्न खोजेको भए पनि विभिन्न काण्डमा मुछिएका कारण पछिल्लो समय उनलाई सरकारको जिम्मेवारीबाट झिकेर पार्टीको जिम्मेवारीमा लैजाने मनस्थितिमा प्रधानमन्त्री पुगेको हुन सक्छन् ।