Saturday, October 3, 2026
Home समाचार शुक्रबार दैलेखमा २२ जनाले जिते कोरोना

शुक्रबार दैलेखमा २२ जनाले जिते कोरोना

135

जेठ ३०,

दैलेख । दैलेखको सरस्वती माविको आइसोलेसनमा उपचार गराई रहेका २२ जनाले शुक्रबार कोरोना जितेका छन्। कोरोना जितेर घर जानेमा भारतबाट आएका नारायण नगरपालिका भित्रका २२ जना पुरुष रहेका छन्। २२ जना पुरुषहरूलाई १५ देखि २५ दिनसम्म आइसुलेसनमा राखेर उपचार गराएपछि शुक्रबार कोरोनामुक्‍त भएका उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए। केही दिनअगाडि सरस्वती माविको साइसोलेसनमा उपचार गराइ रहेकी २५ वर्षीय महिलाले कोरोना जितेकी थिइन् भने दुल्लुमा रहेको कोरोना अस्पतालबाट दुई वर्षीय बालकसहित ३ जनाले कोरोना जितेका थिए। शुक्रबार कोरोनामुक्त भएका २२ जनासहित दैलेखमा कोरोना जित्नेको संख्या २६ पुगेको छ। ११ वटा स्थानीय तह रहेको दैलेखमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ४३४ रहेको छ भने दुल्लु नगरपालिका ११ का एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।