Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय आँसुको समुन्द्रमा डुबेको न्यूयोर्क सहर

आँसुको समुन्द्रमा डुबेको न्यूयोर्क सहर

182

चैत २८,
अमेरिकामा कोरोनाभाइरस ९कोभिड १९० को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ६८६ पुगेको छ । यसमध्ये आधा न्यूयोर्क सहरका रहेका छन् । त्यस्तै, देशमा ४ लाख ६६ हजार २९९ जना कूल संक्रमित रहेको मध्ये १ लाख ६२ हजार न्युयोर्कमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । अहिले न्युयोर्क सहर एक्लैमा विश्वका अन्य कुनै देशभन्दा बढी संक्रमित रहेका छन् । अमेरिकापछि स्पेनमा १ लाख ५७ हजार संक्रमित रहेका छन् भने इटालीमा १ लाख ४३ हजार संक्रमित रहेका छन् । महामारी पहिलो पटक देखिएको चीनमा यो संख्या ८२ हजार रहेको छ ।

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको चरमविन्दु आइतबारसम्म पुग्ने अनुमान गरिएको छ । सामाजिक दुरीको नीति मे महिनासम्म जारी राखेको खण्डमा अमेरिकामा अगस्त महिनासम्ममा ६० हजार ४१५ जनाले ज्यान गुमाउने अनुमान गरिएको छ । यसअघि यो संख्या ८२ हजार पुग्ने प्रक्षेपण गरिएको थियो । अहिले सबै राज्यहरु कोरोनाभाइरस संक्रमण चरम विन्दुमा पुग्ने अपेक्षाका साथ तयारीमा छन् । तर, विज्ञहरु सामाजिक दुरीको उपायले सकारात्मक परीणाम दिइरहेको बताएका छन् ।