Friday, September 18, 2026
Home समाचार प्रदेश १ कि सांसद पुगिन् जेल !

प्रदेश १ कि सांसद पुगिन् जेल !

206

माघ १३,
काठमाडौं । सरकारी छाप र सचिवको हस्ताक्षर किर्ते गर्ने प्रदेश सांसदलाई जेल सजायको फैसला भएको छ। प्रदेश १ का प्रदेश सांसद गुलेफुन मियाँलाई उच्च अदालत विराटनगरले १ वर्ष कैद र रू १४, ५८३ जरिवाना सजायको फैसला गरेको हो। किर्ते मुद्दामा दोषी देखिएका तत्कालीन गाबिसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारा थप दुई वर्ष सजाय सुनाएको थियो। फैसलाविरुद्ध मियाँ उच्च अदालत गएकी थिइन्। उच्च अदालत विराटनगरले भने शेख सिलबरलाई सफाइ दिएको छ। अन्य तीनजनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला सुनाएको हो। अदालतको फैसलापछि सांसद मियाँले ११ महिना ५ दिन कैद बस्नुपर्नेछ । मियाँमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर, सरकारी छाप किर्ते गरेको अभियोग लागेको थियो।