भक्तपुर घट्यो यस्तो घटना, दुई जना पुरुष पक्राउ

338

असार ११,
भक्तपुर । एक सातामा भक्तपुरमा दुई जना बालिकाहरु बलात्कृत भएका छन् । गत जेठ ३१ गते चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा १३ वर्षकी र असार ४ गते मध्यपुरथिमिमा एक १४ वर्षकी बालिका बलाकृत भएका हुन् । पीडित बालिकाहरुका आफन्तले दिएको जाहेरीको आधारमा घटना संग्लन दुई जनालाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

पीडित बालिकाकी हजुरआमाको जाहेरीमा भनिएको छ, ‘जेठ ३१ दिउँसोको समयमा मेरी नाबालक बर्ष १३ की नातिनीलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी जबरजस्ती करणी गरेको हो । ’
बालिकालाई चाँगुनारायण न.पा. १ दुवाकोट बेसीमा आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्दै प्रहरीले रुकुम जिल्ला भुमे गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३५ को जबर खड्कालाई असार ६ गते पक्राउ गरेको छ ।

खड्कालाई पक्राउ गरी कानूनी प्रकृया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरि अर्को घटनामा असार ४ गते काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. १ बस्ने बर्ष २१ को सोमराज परियारले १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले जाहेरी दिएकी छिन् । परियारले दिउँसोको समयमा १४ वर्षकी बालिकालाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी मध्यपुर ठिमी न.पा. वडा नं. ९ निलबाराही जंगलमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाको आमाले दिएको किटानी जाहेरी दरखास्तको आधारमा परियारलाई ५ गते पक्राउ गरी कानूनी प्रकृया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दश दिनको म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको प्रहरी जानकारी दिएको छ ।