Saturday, October 24, 2026
Home समाचार सञ्चारमन्त्री बाँस्कोटालाई कमिशन दिन आउने को हुन् ?

सञ्चारमन्त्री बाँस्कोटालाई कमिशन दिन आउने को हुन् ?

166

पुस २३,
भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुलाई काम गरिदिनु प¥यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने ‘मन्त्री बनेपछिकाम गरिदिनु प¥यो भन्दै कमिशन दिन आउँछन, मैले नाम डायरीमा लेख्ने गरेको छु । ’सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट हुन सबै पत्रकारलाई आग्रह गरेका छन् ।
‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ,’ उनले भने ।

संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता विपरीत हुने खतरा आए आफैँ राजीनामा दिएर आन्दोलनमा होमिने भन्दै मन्त्री बाँस्कोटाले सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पारेका छन् ।
मन्त्री बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि बताए ।
‘अब कमिसन पत्रकारिता धेरै चल्दैन,’ उनले भने, ‘पत्रकारिता व्यवसायिक हुनुपर्छ, आफ्नो र अर्को भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने बातावरण अब बन्नुपर्छ ।’
‘अहिले बोल्नलाई आमसभा चाहिदैन, मिडियाले संसारमाझ छिनभरमै पु¥याउँछन्, तर एउटा कुरा भन्दा, पुर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने । त्यस्ता विकृतिका कारणले आफुलाई मिडियासँग बोल्न नै मन लाग्न छोडेको बताए ।उनले आफु मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता वृद्धि विकास कोष स्थापना गरेको भन्दै अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पु¥याउने उदेश्य लिएको बताए ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस जगतलाई संकुचन गराउने मिडिया विधेयक सच्याउन महासंघको दबाबपछि नै सरकारले समिति बनाएर छलफल गरिरहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकीले ०५४ साल अघिसम्म हुने हरेक साना ठूला कार्यक्रम र घटनाहरुको समाचार संकलनका लागि काठमाडौं र सञ्चारमाध्यमहरुका केन्द्रबाट पत्रकार आउनुपर्ने अवस्था रहेको विगत स्मरण गरे ।

स्थापना दिवसको अवसर पारेर दवाब साप्ताहिकका सम्पादक अमर भुजुलाई नगद २ हजार ५ सय राशी रहेको स्व.मैयादेवी शिलपकार स्मृति पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि ध्रुव मधिकर्मीलाई नगद रु १० हजार राशी रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।सम्पादक भूजुले आफुले पुरस्कारपाएको रकममा २ हजार ५ सय थपेर महासंघको संस्थागत विकाशलाई भन्दै भक्तपुर शाखालाई दिएका छन् ।