Sunday, October 18, 2026
Home समाचार बिप्लवका कार्यकर्ताले गाउँपालिका अध्यक्ष अपहरण गरे

बिप्लवका कार्यकर्ताले गाउँपालिका अध्यक्ष अपहरण गरे

158

पुस ६,
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दैलेखमा एक गाउँपालिका अध्यक्षलाई अपहरण गरेको छ।

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य धीरबहादुर शाहीलाई  शनिबार राति विप्लव समूहले अपहरण गरेको हो।

शाहीसँगै उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी  केन्द्रीय उपाध्यक्ष  इला मल्ल शाहीलाई पनि विप्लव समूहले अपहरण गरेको छ।

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारीले इन्द्रबहादुर क्षेत्रीले  प्रारम्भिक विवरणमा दुबै जना अपहरणमा परेको देखिएको सेतोपाटीलाई बताए।