धनुषामा बम विस्फोटः प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु

259
सांकेतिक तस्विर

मंसिर २८,
जनकपुर । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटमा एक प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु भएको छ । महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरिक्षक अमिर दहालको मृत्यु भएको छ । गम्भीर घाइते दहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी कार्यालय धुनषाका अनुसार दहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् । अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको अवस्था गम्भीर छ ।