असोज २१,
काठमाडौं । चिनियाँ कार्गो विमान नेपाल आएर पुनः स्वदेश फर्किएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमणका बेला प्रयोग गर्ने कारलगायत अन्य बन्दोबस्तीका सामान बोकेर मंगलबार दिउँसो काठमाडौं आएको थियो।
दिउँसो १ बजेर १० मिनेटमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको उक्त विमान अपराह्न साढे चार बजे फर्किएको हो। विमानस्थलका अनुसार सो कार्गोलाई बेइजिङ–काठमाडौंको उडान भर्न करिब २ घण्टा लाग्छ।
करिब ३ घण्टा पार्किङ गरिएको सो कार्गोले अन्य पाँच वटा विमान बराबरको पार्किङस्थल ओगटेको थियो। कारलगायत अन्य वन्दोबस्तीका सामान नेपाली सेनाको निगरानीमा राखिएको छ।