संखुवासभाबाट काठमाडौंका लागि उडेका तीन हेलिकप्टर खोटाङमा आकस्मिक अवतरण

235

असोज ९
काठमाडौं । मैसम खराब भएपछि खोटाङमा बिहीबार दिउँसो तीन वटा हेलिकप्टर अवतरण गरिएको छ। संखुवासभाबाट काठमाडौंका लागि उडेको अल्टिच्युटका दुई र सिम्रिक एअरको एक हेलिकप्टर खोटाङ रेग्मीटारमा आकस्मिक अवतरण भएको हो।

हेलिकप्टरमा अरूण जलविद्युत आयोजनाको अनुगमनमा गएका विद्युत प्राधिकरणका कर्मचारीहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मौसम खराब भएकोले रेग्मीटारमा हेलिकप्टर अवतरण भएको जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरी अहिले हेलिकोप्टर अवतरण गरेको ठाउँमा जाँदै छन्।