Monday, October 12, 2026
Home अर्थ दसैंतिहारका लागि वायुसेवा कम्पनीले १० प्रतिशत छुट दिने

दसैंतिहारका लागि वायुसेवा कम्पनीले १० प्रतिशत छुट दिने

200

भदौ ३०,
काठमाडौ। दसैंतिहार र छठका लागि हवाइ टिकट किन्न चाहनेहरुलाई कम्पनीहरुले १० प्रतिशत छुट दिने भएका छन्। वायुसेवा सञ्चालक संघको बैठकले एक महिनासम्म १० प्रतिशत छुटको ब्यवस्था मिलाएको हो। असोज १२ गतेदेखि छुटको टिकट खुल्ने छ। कात्तिक १७ गतेसम्म टिकट किन्न पाइने छ।

संघका आबद्ध वायुसेवा कम्पनीहरुले यो छुट दिने छन्। सस्तो टिकट लिनका लागि सम्बन्धित वायु सेवा कम्पनीको काउन्टर नै पुग्नु पर्छ। विभिन्न भुक्तानी प्रदायकहरुको माध्यमबाट अनलाइनमार्फत किन्दा छुट पाइँदैन। नर्मल हवाइ भाडा मूल्यमा १० प्रतिशत छुट हुने छ। यसमा एयरपोर्ट ट्याक्स तथा फ्युल सरचार्ज जोडिएको छैन।