मलेसियामा आफमाफी प्रक्रियाः १५ हजार नेपालीलाई घर फिर्ने अवसर

141

कान्तिपुर दैनिक
साउन १४, काठमाडौँ — रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केको १३ वर्ष पुग्यो । ७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन् । छोरो घर फर्किने अत्तोपत्तो छैन । मानबहादुर उनीहरूका माइलो छोरा हुन् । ५ दाजुभाइ नै वैदेशिक रोजगारीमा गएका थिए । चार भाइ नियमित बाबुआमाको सम्पर्कमा छन् । मानबहादुर ५ वर्षदेखि सम्पर्कमा छैनन् । ‘हामी ५ जना बाहिर थियौं । कान्छो भाइ साउदी अरब र साइँलो भाइ ओमानमा काम गरिरहेका छन् । म र काइँलो बाहिरबाट फर्किसकेका छौं,’ जेठा दाइ होम आलेले कान्तिपुरलाई भने, ‘माइलो मलेसियामै छ । चार जना सम्पर्क र भेटघाटमा छौं । माइलोले मलेसियाबाट सम्पर्क गर्दैन ।’
२५ वर्षको उमेरमा मानबहादुर मलेसियाको प्लाइउड कम्पनीमा गएका थिए । तीन वर्षपछि बिदामा एकपटक घर आएका थिए । ‘त्यसपछि फर्केन । अहिले ठ्याक्कै १३ वर्ष भयो,’ आलेले भने, ‘अहिले के गर्छ रु कहाँ बस्छ रु कति कमाउँछ रु केही थाहा छैन ।’

केही वर्षअघिसम्म मानबहादुरबारे गाउँका साथीहरूले खबर ल्याउँथे । ‘कम्पनी छाडेर इन्डोनेसियाकी केटी लिएर उतै घरजम गरेको छ भन्ने खबर पनि ल्याउँथे,’ होमले भने, ‘अहिले त गाउँकै साथीभाइसँग पनि ऊ सम्पर्कमा छैन । टाढिएर बसेको छ । यहाँ गाउँमा डाँडापारिको घाम भइसकेका बुबाआमा माइलो भाइकै चिन्ता गरेर बसिरहनुभएको छ । हामीसँग सम्पर्कमा नआए पनि बुबाआमासँग कुराकानी गरिदिएको भए हुन्थ्यो ।’ मानबहादुरको वैधानिक भिसा छैन । उनी मलेसियाको आवासीय कानुनविपरीत बसिरहेका छन् । ‘५ वर्षअघि सम्पर्कमा आउँदा टिकटको पैसा हामी पठाइदिन्छौं, तिमी फर्की आऊ भनेका थियौं । उसले टेरेन,’ आलेले भने, ‘आफ्नो जन्मथलो, घर र बुबाआमाभन्दा प्यारो त्यहाँ उसले त्यस्तो के भेटेछ खोइ ? ’

गैरकानुनी हैसियतमा मलेसियामा लुक्दै बसिरहेका ‘मानबहादुरहरू’ लाई बिनाजेल स्वदेश फिर्ने अवसर पुनः दिइएको छ । भिसा नभई वा त्यसको म्याद सकिएर अभिलेखविहीन ९गैरकानुनी० भई बसेका विदेशी कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने अवसर साउन १६ ९अगस्ट १० देखि पुस १५ ९डिसेम्बर ३१० सम्मको समय तोकिएको छ । यो समयमा फर्किने कामदारले जेल बस्नुपर्दैन ।मलेसियाको कानुनमा तोकिएको जरिवानाको २० प्रतिशत अर्थात् ६ सय रिंगेट तिरे पुग्छ । ‘मलेसियाले यसअघि पनि आममाफी दिएको थियो । त्यसमा नगएका वा छुटेकाका लागि यो अवसर हो,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरसँग भने, ‘गैरकानुनी हैसियतमा बस्नु एकदमै जोखिमपूर्ण छ । यसलाई अवसरका रूपमा प्रयोग गर्नुपर्छ ।’