Sunday, September 27, 2026
Home समाज आगलागीमा परी घाइते भएका जयप्रकाश राईको मृत्यु

आगलागीमा परी घाइते भएका जयप्रकाश राईको मृत्यु

41
सांकेतिक तस्विर

फिदिम : घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ। उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। राईको घरमा मंगलबार अपराह्न सवा चार बजे आगलागी भएको थियो। आगलागी भइरहेका बखत सामग्री जोगाउने क्रममा गम्भीर घाइते भएका राईलाई बुधवार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत कीर्तिपुर पठाइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।