असार २०,
काठमाडौं । ऋत गौतमको शतकसँगै नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ । एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।नेपालको सुरुवात राम्रो रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे ।
पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए । पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहे ।