Friday, September 18, 2026
Home अपराध ‘सिरिन्ज आतंक’ को नाममा किलाले युवतीमाथि आक्रमण गर्ने पक्राउ

‘सिरिन्ज आतंक’ को नाममा किलाले युवतीमाथि आक्रमण गर्ने पक्राउ

140
प्रतीकात्मक तस्बिर

असार १३,
काठमाडौँ । विहीबार राती १ बजे काठमाडौंको महाराजगंजबाट एक युवा पक्राउ परेका छन् । ‘सिरिन्ज आतंक’ मच्चाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रामेछाप घर भइ महाराजगंजमा बस्दै आएका ३० वर्षका सन्तोष कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले बताए। प्रहरीले निकै अनुसन्धान गरेर र आक्रमण भएका स्थानहरुको सिसिटिभी फुटेजका आधारमा कार्कीलाइ पछ्याएको थियो।

काठमाडौंसहित भक्तपुर र काभ्रेमा समेत यस्तै यस्तै प्रकृतिको घटना भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानका लागि मातहतको निकायलाई निर्देशन दिएका थिए। पक्राउ परेका कार्कीले आफुले सिरिन्ज नभइ  किलाले युवतीलाई घाेचेर भाग्ने गरेको वयान दिएका छन्। अहिलेसम्म पाँच जना युवतीले आफुमाथि आक्रमण भएको उजुरी प्रहरीमा दर्ता गराएका छन् ।