Wednesday, September 23, 2026
Home समाचार एकै परिवारका तीनजनाको आगलागीमा मृत्यु

एकै परिवारका तीनजनाको आगलागीमा मृत्यु

73

जेठ ९,
बैतडी । घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका-५ कुवाकोटमा एकै घरका तीनजनाको मृत्यु भएको छ । बुधबार राति पुरचौडी-७ स्थित बसपार्क किनारकाे टहरामा बस्दै आएका उनीहरुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए।

राति १० बजेतिर आगलागी भएको उनले बताए। सुत्ने ठाउँ नजिकै आगो बाल्ने चुलो रहेकोले सोही ठाउँमा रहेको आगो सल्केर मृत्यु भएको प्रारम्भिक अनुमान गरेको उनले बताए। घट्नाबारे थप अनुसन्धान भने भइरहेको गिरीले बताए।