उच्च स्तरीय भ्रष्टाचारीहरु पक्राउ परिरहेका छन्, सरकारले भ्रस्टचार नियन्त्रण गरिरहेको छ

232

जेठ ३,
काठमाडौँ । धानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नियन्त्रण गरेको बताएका छन्। मदन आश्रित स्मृती दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा उच्च स्तरीयहरु पक्राउ परिरहेको भन्दै सरकारले भ्रस्टचार नियन्त्रण गरेको दाबी गरेका हुन्।

ओलीले वालुवाटारको जग्गा प्रकरणमा पूर्ववर्ती सरकारले केही नगरेको बताउँदै यसको छानविन आफ्नो सरकारले गरेको बताए। तथापी आफैमाथि विभिन्न आरोपहरु लाग्ने गरेकाे भन्दै दुखेसो गरे। उनले नीति तथा कार्यक्रमको आलोचना गर्ने ठाउँ नभेटर ‘मेरो सरकार’को आलोचना भएको भन्दै ‘मेरो सरकार’ नभने कस्को सरकार भन्ने भन्दै प्रश्न तेर्साए। उनले प्रतिपक्षी दलमाथि कटाक्ष गर्दै ‘के निउ पाउँ कनिका पोखौं,’ झै भएको बताए। ओलीले अन्य देशमा पनि यही चलन भएको तर पनि पुरानो पार्टी नेपाली कांग्रेसले यति कुरा नबुझ्दा अचम्म लागेको बताए।