Tuesday, October 20, 2026
Home अन्तर्राष्ट्रिय भिडियोमा हेर्नुहोस् भारतमा आएको समुद्री आँधी

भिडियोमा हेर्नुहोस् भारतमा आएको समुद्री आँधी

136

बैशाख २१,
नयाँदिल्ली । बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री चक्रवात फानीका कारण भारतको पूर्वी तटीय राज्य उडिसामा तीनजनाको मृत्युका हुनुका साथै ठूलो धनमालको क्षति भएको छ । बुधबार बिहान बंगालको खाडीको विकसित फानी शुक्रबार बिहान १० बजे उडिसाको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसको असर स्वरूप करिब १७४ किमि प्रतिघन्टाको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा तीन जनाको मृत्युका हुनुका साथै ठूलो मात्रामा भौतिक क्षति पुगेको हो ।

सर्वसाधारणमा सामुद्रिक आँधीबाट हुन सक्ने क्षतिको पर्याप्त मात्रामा चेतावनीसहितको पूर्वसूचना प्रवाह गरिएका कारण धेरैको ज्यान भने भएन। तर, अत्यधिक तीव्र गतिको आँधीका कारण ठूलो मात्रामा धनमालको पनि क्षति भने भएको छ। भारी वर्षासहित आएको हुरीले ठुल्ठूला रुखहरु ढाल्नुका साथै पक्की पर्खालहरुसमेत ढालेको छ। त्यसैगरी ठूलो संख्यामा बिजुली पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ। रेडियोका टावरहरु पनि ढलेका छन्। फानी उडिसाको पुरी छेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो। साथै दर्जनौं गाउँ डुबेका छन्। -कान्तिपुर