पार्टीले अबलम्बन गर्ने नीति नै चुनाव जीत्ने आधार : सभापति देउवा

113

बैशाख १९,
काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले अबलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने भन्दै उनले नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । बिहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीले अबलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने बताएका हुन् ।

उनले पार्टी भित्र आन्तरिक अनुसासन पनि हराउदै गएको भन्दै पार्टी अनुशासनका सम्बन्धमा कार्यकर्ता माझ प्रशिक्षण संचालन गर्न पनि निर्देशन दिए ।सभापति देउवालले पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको पनि स्वीकार गरे । आन्तरिक चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हावी हुदै जादा सिंगो पार्टी पक्तिनै कमजोर हुने भन्दै उनले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गरे । साथै देउवाले आगामी चुनावमा पार्टीले विजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र नीधिले प्रतिष्ठानले नीति निर्माण, खोज अनुसन्धान र कार्यकर्ता प्रशिक्षणमा पार्टीलाई सहयोग गर्ने बताए । प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति नीधिले सदस्यहरुलाई सपथ गराएका थिए । पार्टीको उपसभापति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ । ५१ सदस्यीय प्रतिष्ठानमा पछिल्लो पटक सपथ लिएका सदस्य समेत गरि ४८ जना सदस्य पुगेका छन् ।