Wednesday, September 23, 2026
Home समाचार सरकारविरुद्ध नेविसंघसहित विभिन्न विद्यार्थी संगठन सडकमा

सरकारविरुद्ध नेविसंघसहित विभिन्न विद्यार्थी संगठन सडकमा

79

वैशाख १७,
काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले शिक्षा क्षेत्रको शुल्क वृद्धि घटाएर माध्यामिक तहको निःशुल्क शिक्षा व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, देशमा वृद्धि भएको हत्या हिंसा नियन्त्रण तथा अन्त्य गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्नु पर्ने लगायतका मागहरु राखी प्रदर्शन गरेका हुन् ।