पाँच वर्ष पछि अनुसन्धान शुरु, तीन जना पक्राउ

128

वैशाख १७,
पोखरा । पोखराको नयाँ बजारमा ५ वर्ष अघि भएको सुर्य पाण्डेको मृत्यु प्रकरणको अनुसन्धान प्रहरीले शुरु गरेको छ । आफ्नो छोराको हत्या भएको भन्दै मृतका आमा विष्णुकुमारी पाण्डेले ५ वर्ष पछि वैशाख १३ गते किटानी जाहेरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले चार वर्ष पछि अनुसन्धान सुरु गरेको हो । किटानी जाहेरीको आधारमा घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

हत्याको आरोपमा कास्की प्रहरीले बुद्धि श्रेष्ठ९ माइला० , रामचन्द्र मानन्धर र रामचन्द्रका भाइ ध्रुव मानन्धरलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । उनीहरुलाई सोमबार म्याद थप गरि हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । ू हामिले अनुसन्धान गरिराखेका छौ, एक दुई दिनमै सत्य बाहिर आउँछू सुवेदीले भन्न्भयो ।

पक्राउ परेकामध्ये १ जनाले हत्या स्वीकारेको प्रहरी स्रोतले जानकारी दियो । तर पनि अनुसन्धानमा खटिएका प्रहरी भने बयान मान्न तयार छैनन् । प्रहरी स्रोत भन्छन ‘हत्या एक जनाले मात्र गरेको हुन सक्दैन, कम्तीमा पनि २ जनाको हात हुनुपर्छ ।’

वि।सं २०७१ साल फागुन ५ गते शिबरात्री मनाउन घरबाट निस्केका २३ वर्षिय सुर्य पाण्डे ६ गते नया बजार राम मन्दिर पछाडी रहेको सेतीनदि पुलमुनि मृत भेटिएका थिए । तत्कालिन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता केदार रजौरेले पोस्टमार्टम रिपोर्ट अनुसार बजारिएर मृत्यु भएको बताए पनी मृतकको शरीरभरि चोट देखेको कारण परिवारले रहस्यमयी तरिकाले हत्या भएको हुन सक्ने बताएका थिए । प्रहरिले दिएको प्रतिवेदन प्रती परिवार असहमति भए ।

छोराको हत्या भएको भनी परिवारले जाहेरी समेत दिए । छोराको हत्या भएको ५ वर्ष वितिसक्दा समेत प्रहरिले सत्य तथ्य पत्तालगाउन नसकेको आमा विष्णुकुमारिले आरोप लगाउदै गर्दा पक्राउ परेको खबर पाए पछि भने न्याय पाउने आशा जागेको बताउनु भयो । मानवअधिकार आयोग, वकिल, महिला संघ लगयत हरेक क्षेत्रमा न्यायका निमित्त धाए पनि कसैले कुरा नसुनेको बताउनु हुन्छ । ‘ ५ वर्ष सम्म न्यायको भिख माग्दै जताततै गए, मेरो आँसु कसैले सुन्ने प्रयास गरेनन तर आज न्याय पाउने आशा जागेको छू पाण्डेले भन्नु भयो ।

घटनाको अनुसन्धानमा तत्कालिन प्रवक्ता केदार रजौरे, प्रहरी निरीक्षक देवि प्रसाद पौडेलले लगायत रहेका थिए ।Newsofnepal