गुल्मीमा झाडापखालाबाट एकको मृत्यु, १७० बिरामी

97
सांकेतिक तस्विर

वैशाख १५,
गुल्मी । गुल्मीमा झाडापखालाबाट एक जना बालकको मृत्यु भएको छ भने करिब १ सय ७० जना बिरामी परेको छन । मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण गत सोमबारदेखि फैलिएको झाडापखालाबाट वडा नम्बर ४ दजाकोटमा १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको हो स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका मृत्यु भएको हो ।

दजाकोटको सिंगो बस्तीका बासिन्दा नै झाडापखालाबाट बिरामी परेका छन् । आइतबार बिहानसम्म करिब १ सय ७० जना बिरामी परेको स्थानीयले जनाएका छन् । बिरामी परेकाहरुको गुल्मी अस्पताल, भरतपुर मेडिकल कलेज चितवन र दजाकोटमा नै सञ्चालन गरिएको शिविरमा उपचार भैरहेको छ । स्थानीयहरुले उपभोग गर्दै आएको पानीको नमुना परिक्षण गर्दा पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।