Monday, September 28, 2026
Home समाचार भोलिबाट पश्चिमदेखि मौसम सुधार हुँदै आउने

भोलिबाट पश्चिमदेखि मौसम सुधार हुँदै आउने

194

चैत २४
काठमाडौँ -जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन वटा वायुका प्रणाली सक्रिय रहेकाले अहिले देशभरको मौसम बर्खाजस्तो भएको तर यो क्रम १/२ दिनमा हट्ने बताएको छ।

‘वायुमण्डलको माथिल्लो भागमा जम्मु कश्मिरबाट आएको पश्चिमी वायु छ। बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्प तल्लो भागमा छ,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘त्यसमाथि स्थानीय वायु पनि सक्रिय छ।’

नेपालमा चैत(वैशाखमा प्रि(मनसुन गतिविधि हुन्छन्। जमिनको सतह तात्ने भएकाले दिउँसो तलको हावा तातो भएर माथि जाने र साँझपख सानो ठाउँमा हावाहुरी चल्ने, असिना पानी पर्ने हुन्छ।

‘तर यसपालि अलि फरक भयो। पूर्वी र पश्चिमी दुबै वायु पनि सक्रिए भएकाले बर्खा लागेजस्तो भयो,’ पौडेलले भने, ‘सोमबारदेखि यो क्रम रोकिन्छ। पश्चिम क्षेत्रबाट मौसममा सुधार हुँदै १र२ दिनमा पूर्वतिर पनि राम्ररी घाम लाग्छ।’

आइतबार र सोमबार साँझ तराईका जिल्लाहरूमा हावाहुरी चल्ने भए पनि त्यो अघिल्लो आइतबार बारा र पर्सामा आएकोजस्तो बलियो नहुने पौडेलले बताए।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

चैत्र २४  गते (आइतबार):

दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा रपश्चिमी  भु-भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति:  देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।  देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा र  पश्चिमि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (सोमबार):

दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

 

राति:  देशका पूर्वी भु-भागहरुमा सामान्य बदलि र बांकि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ|

चैत्र २५ गते (मंगलबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा  आंशिक बदली रहनेछ । देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केही स्थानहरुमा हुरि बतास चल्ने संभावना छ|

राति:  देशका पूर्वी  भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ| Setopati